IME Life New

एचआईडीसीएलको ११.४७% ले बढ्यो नाफा, रिजर्भमा १८.७८% को संकुचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ७५ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ११.४७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

दोस्रो त्रैमासमा कम्पनीले ग्राहकसँग भएको सम्झौताबाट १ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ४३ लाख ८५ हजार रुपैयाँमा सीमित थियो। यस हिसाबले कम्पनीको यो आम्दानी १८१.६२ प्रतिशतले बढेको छ।

कम्पनीको वित्तीय आम्दानी बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २ करोड रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी २२ अर्ब ७७ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार १८.७८ प्रतिशतले घटेर १ अर्ब ८९ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा २ अर्ब ३२ करोड रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ६.६१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस ६.३५ रुपैयाँ थियो। पीई रेसियो २८.०३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०८.३० रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS