IME Life New

एचआईडीसीएलको पौने २ करोड बढी कित्ता शेयर आजबाट बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को पौने २ करोड बढी कित्ता शेयर आज चैत २५ गतेबाट बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक शेयरधनी समूह ‘क’ उपसमूह ‘क–२’को अन्य संस्थापक समूहको १ करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिने शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

Esewa
Crest

बोलपत्र आउँदो वैशाख ९ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमईको काठमाडौं नक्सालस्थित कार्यालका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु काठमाडौंको शंखमुल, बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर (सुर्खेत), घोराही, धनगढी र महेन्द्रनगरमा बुझाउन सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS