IME Life New

एक वर्षमै पौने १२ लाख नेपाली विदेशिए, कुन प्रयोजनका लागि कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपालबाट पौने १२ लाख नेपाली विदेशिएका छन्। विभिन्न प्रयोजनका लागि ११ लाख ७१ हजार २६२ नेपाली विदेशिएको अध्यागमन विभागले जनाएको छ। अध्यागमन विभागका अनुसार वर्ष २०८० मा रोजगारीको सिलसिलामा ८ लाख बढी नेपाली विदेशिएका छन्। कामका लागि विभिन्न मुलुकमा ८ लाख ७ हजार ६९३ विदेशिएका हुन्। रोजगारीका सिलसिलामा खाडी मुलुक पुग्ने नेपाली धेरै रहेका छन्।

विभागका अनुसार वर्ष २०८० मा अध्ययनको सिलसिलामा विभिन्न मुलुकमा १ लाख ११ हजार २८९ नेपाली विदेशिकएका छन्। यो एक वर्षको अवधिमा स्वास्थ्य परीक्षणका लागि २० हजार ५०३ नेपाली विदेश पुगेका छन्।

Esewa
Crest

यसैगरी पारिवारिक भेटघाटका लागि १ लाख ६३ हजार ३८४ नेपाली विदेश पुगेको अध्यागमन विभागको तथ्यांकले देखाएका छन्। स्थायी बसोबासका लागि ६८ हजार ३९३ नेपाली विदेशिएका छन्। यो वर्ष २०८१ को वैशाखमा मात्रै ७० हजार ६३७ नेपाली रोजगारीको सिलसिलामा विदेश पुगेका छन्। जसमा ६४ हजार १० जना पुरुष र ६ हजार ६२७ जना महिला छन्।

वैशाखमा उच्च दक्षता भएका ६४ जना नेपाली रोजगारीका लागि विदेशिएका छन्। व्यावसायिक, अर्धदक्ष, दक्ष र अदक्ष क्रमशः ३५४, ५ हजार ४२०, ५२ हजार १७७ र १२ हजार ६१६ नेपाली रोजगारीका लागि विदेश पुगेको वैदेशिक रोजगारी विभागको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

38%
sad

दु :खी

0%
amazed

अचम्मित

38%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS