IME Life New

एक दर्जन बीमा कम्पनीमा डीसीईओ पद रिक्त, प्राधिकरणले कस्तो गर्ला कारबाही ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले केही दिनअघि मात्रै बीमा कम्पनीहरुलाई उपकार्यकारी प्रमुख (डीसीईओ)हरुको विवरण पठाउन निर्देशन दिएको थियो। यसका लागि प्राधिकरणले ७ दिनको समयावधि दिएको छ।

हाल सञ्चालनमा रहेका केही बीमा कम्पनीहरुमा डीसीईओ पद रिक्त रहेको जानकारी प्राप्त भएको भन्दै बीमा प्राधिकरणले चैत २० गते डीसीईओको नामनामेशीसहितको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा २२ उपदफा (४) बमोजिम उपकार्यकारी प्रमुख नियुक्त गर्नुपर्ने व्यवस्था छ। सोही दफाको उपदफा (५)बमोजिम बीमकले आफ्नो उत्ताधिकार योजना बनाउनुपर्ने व्यवस्था पनि रहेको छ।

Esewa
Crest

हाल नेपालमा १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, २ वटा पुनर्बीमा, ३ वटा लघु जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्।

प्राप्त जानकारी अनुसार १४ वटा जीवन बीमा कम्पनीमध्ये ५ वटा कम्पनीमा डीसीईओ पद रिक्त छ। राष्ट्रिय जीवन बीमा कम्पनी निमित्त सीईओको भरमा चलिरहेको छ भने डीसीईओको पद रिक्त छ।

त्यसैगरी आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ र सिटिजन लाइफमा डीसीईओको पद रिक्त छ।

उता निर्जीवन बीमा कम्पनीमध्ये प्रभु इन्स्योरेन्समा पनि डीसीईओको पद रिक्त रहेको छ भने राष्ट्रिय बीमा कम्पनीले पनि निमित्त सीईओको भरमा कम्पनी चलाइरहेको छ ।

नेपाल पुनर्बीमा कम्पनी पनि निमित्त सीईओले चलाइरहेका छन्। डीसीईओको पद भने रिक्त नै छ।

यसैगरी ७ लघु बीमकमध्ये ४ वटामा डीसीईओ छैन। लघु जीवन बीमकमध्ये क्रेष्ट र लिबर्टी माइक्रो लाइफ तथा लघु निर्जीवन बीमकमध्ये प्रोटेक्टिभ, ट्रस्ट र स्टार माइक्रो इन्स्योरेन्समा डीसीईओको पद रिक्त रहेको छ।

त्यसो त संस्थागत सुशासनसम्बन्धी निर्देशिकामा कम्पनीहरुले डीसीईओ नियुक्त नगरेको अवस्थामा कस्तो कारबाही हुने भन्ने प्रस्ट छैन। बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले पनि डीसीईओ पद रिक्त रहेका कम्पनीहरुलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा टुंगो लागिनसकेको बताए। ‘अधिकांश कम्पनीमा डीसीईओ पद रिक्त रहेको जानकारी प्राधिकरणमा आएको छ, त्यसैले पहिले कम्पनीहरुले डीसीईओहरुको विवरण पठाऊन्, त्यसपछि मात्रै कस्तो कारबाही गर्ने भनेर निर्णय होला’, उनले भने, ‘एकपटकका लागि सचेत गराउने काम पनि हुन सक्छ। तर, अहिले नै भन्ने अवस्था छैन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

40%
amazed

अचम्मित

20%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS