IME Life New

एकैदिन १.६६ खर्बले बढ्यो शेयर लगानीकर्ताको सम्पत्ति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज उछाल आउँदा लगानीकर्ताको सम्पत्ति १ खर्ब ६६ अर्ब रुपैयाँले बढेको छ।

लगातार तेस्रो सकारात्मक सर्किट लागेर बजार आज १२ः०९ बजे नै बन्द भएको छ। नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३.९८ को विन्दुमा पुगेको छ। बजार ६ प्रतिशतले बढेको छ।

Crest

बजार बढ्दा २२७ कम्पनीको शेयरभाउ बढेको छ भने २ वटाको मात्रै घटेको छ। एउटाको शेयरभाउ भने स्थिर रहेको छ।

आज बजार पुँजीकरण बढेर ३० खर्ब २८ अर्ब रुपैयाँको उचाइमा पुगेको छ। गत बिहीबार बजार पुँजीकरण २८ खर्ब ६२ अर्ब रुपैयाँ थियो। यो हिसाबले लगानीकर्ताको सम्पत्ति एकै दिन १ खर्ब ६६ अर्ब १ करोड रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

17%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS