IME Life New

एकवर्षमै होटेल सेक्टरका शेयरको लगानीमा ७७% रिटर्न, अरु सेक्टरमा कस्तो ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा शेयर बजारमा पर्यटन तथा होटेल सेक्टरमा लगानी गर्नेहरु मालामाल भएको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो एक वर्षको अवधिमा होटेल सेक्टरको कुल बजार पुँजीकरण ७६.७३ प्रतिशतले बढेको हो। अर्थात् लगानीकर्ताको सम्पत्ति यो १ वर्षको अवधिमा करिब ७७ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको माघसम्म होटेल सेक्टरको कुल बजार पुँजीकरण बढेर ९८ अर्ब ८३ करोड ५८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष माघसम्म होटेल सेक्टरको कुल बजारपुँजी ५५ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ थियो।

Esewa
Crest

यसैगरी यो १ वर्षको अवधिमा उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरु पनि मालामाल भएका छन्। अघिल्लो वर्ष माघसम्म यो समूहको कुल बजार पुँजीकरण १ खर्ब २५ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर १ खर्ब ७२ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। यो समूहका कम्पनीहरुमा लगानी गर्नेहरुको सम्पत्ति १ वर्षको अवधिमा ३७.२ प्रतिशतले बढेको छ।

त्यस्तै पछिल्लो १ वर्षको अवधिमा अन्य समूहका कम्पनीहरुमा लगानी गर्नेहरुको सम्पत्ति पनि ३७.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष माघसम्म अन्य समूहको कुल बजार पुँजीकरण २ खर्ब ५२ अर्ब ३ करोड रुपैयाँ रहेकोमा यो वर्ष माघसम्म बढेर ३ खर्ब ४५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

बजार पुँजीकरण वृद्धिको हिसाबले जलविद्युत समूह चौथो स्थानमा रहेको छ। अघिल्लो वर्ष माघसम्म जलविद्युत समूहको कुल बजार पुँजीकरण ३ खर्ब ९६ अर्ब २९ करोड रुपैयाँ रहेकोमा यो वर्ष माघसम्म बढेर ५ खर्ब २६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। यो समूहका लगानीकर्ताको सम्पत्ति ३२.६ प्रतिशतले बढेको छ।

यो १ वर्षको अवधिमा बीमा समूह (निर्जीवन र जीवन)को कुल बजार पुँजीकरण पनि २८.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष माघसम्म बीमा समूहको कुल बजार पुँजीकरण ४ खर्ब ९ अर्ब १३ करोड रुपैयाँ रहेकोमा यो वर्ष माघसम्म बढेर ५ खर्ब २६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

शेयर बजारको कुल बजार पुँजीकरण भने अघिल्लो वर्ष माघको तुलनामा यो वर्ष माघमा ७.९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष माघमा शेयर बजारको कुल बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रुपैयाँ रहेकोमा यो वर्ष माघमा बढेर ३३ खर्ब २ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS