IME Life New

एउटै ब्रोकरबाट १.३० अर्ब माथिको शेयर कारोबार, खरिद र बिक्री कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज एउटै ब्रोकरबाट १ अर्ब ११ करोड रुपैयाँ बढीको शेयर खरिद भएको छ।

ब्रोकर फ्लोरसिट हेर्दा आज ब्रोकर नं. ४९ बाट सर्वाधिक १ अर्ब ११ करोड ५ लाख रुपैयाँ बढीको शेयर खरिद भएको छ। यो ब्रोकरबाट सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सको शेयर खरिद भएको छ।

Esewa
Crest

नेपाल रिइन्स्योरेन्सको संस्थापक समूहको ३४ लाख कित्ता शेयर प्रतिकित्ता २८० रुपैयाँमा ९५ करोड २० लाख रुपैयाँबराबरको खरिद भएको छ। बाँकी रकमबराबरको अरु कम्पनीको शेयर यो ब्रोकरबाट खदिर भएको देखिन्छ।

नेपाल रिको संस्थापक शेयर आइएमई ग्रपुका कम्पनीहरुले बेचेका हुन्। यी शेयर हिमालयन लाइफ इन्स्योरेन्सले किनेको हो।

ब्रोकर नं. ४९ बाट १ अर्ब ३० करोड १५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

यसैगरी ब्रोकर नं. ४२ बाट आज एकै दिन १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ बढीको शेयर बिक्री भएको छ। जसमा नेपाल रिको संस्थापक समूहको ३४ लाख कित्ता शेयर ९५ करोड २० लाख रुपैयाँमा र बाँकी अन्य कम्पनीको शेयर बेचिएको छ।

यो ब्रोकरबाट आज १ अर्ब १७ करोड ९१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

आज उच्च कारोबार शीर्ष ब्रोकरको सूचीमा ब्रोकर नं. ४९ स्थानमा र दोस्रोमा ब्रोकर नं. ४२ रहेको छ।

कारोबारका हिसाबले नाशा सेक्युरिटिज आज तेस्रो स्थानमा रहेको छ। कुल ३७ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको यो ब्रोकरबाट १३ करोड ८३ लाख रुपैयाँबराबरको शेयर खरिद भएको छ भने २३ करोड ८० लाख रुपैयाँबराबरको शेयर बिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS