IME Life New

उमेर हद विवादमा तानिने भएपछि नागरिक लगानी कोषको सञ्चालकबाट क्षेत्रीले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)को सञ्चालकबाट परशुराम कुँवर क्षेत्रीले राजीनामा दिएका छन्। क्षेत्रीले आज सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका हुन्।

सीआईटी स्रोतका अनुसार उमेर हद विवाद बढ्न थालेपछि क्षेत्रीले सञ्चालकबाट राजीनामा दिएका हुन्। ‘सार्वजनिक संस्थानको सञ्चालक बन्न ६५ वर्षको उमेर हद रहेको छ, क्षेत्री सञ्चालकमा नियुक्ति हुँदा नै ६७ वर्षभन्दा माथिका थिए, त्यसैले विवादमा पर्ने देखिएपछि उनले राजीनामा दिएको हुन सक्छ’, स्रोतले भन्यो।

Esewa
Crest

सार्वजनिक संस्थामा कार्यकारी प्रमुखको हकमा ३० वर्ष र कार्यकारी प्रमुखबाहेक अन्य पदाधिकारी र सदस्यको हकमा ३५ वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने नियम छ। क्षेत्री भने ६५ वर्ष पूरा गरिसकेको अवस्थामा गत असारमा नागरिक लगानी कोषको सञ्चालकमा नियुक्त भएका थिए। ‘तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतको भनसुनका आधारमा क्षेत्रीलाई नियम मिचेर कोषको सञ्चालकमा नियुक्ति गरिएको थियो’, स्रोतले भने, ‘महत र क्षेत्री नातेदार पनि हुन्।’

इन्स्योरेन्स खबरले उमेर हदका विषयमा प्रतिक्रिया लिन खोज्दा क्षेत्रीले अनाकानी गरेका थिए। उनले यस विषयमा कोषका जिम्मेवार पदाधिकारीहरुसँग बुझ्न भन्दै अरु कुरा बोल्न चाहेनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS