IME Life New

उपकार लघुवित्तद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको बर्दिया जिल्लामा अवस्थित कुसुम्बा शाखा र मानपुर टपरा शाखाद्धारा केन्द्र्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले केन्द्रका सदस्य करिब १२० जनाको सहभागितामा सशक्तिकरण तथा वित्तीय चेतनाका लागि केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै मधुवन नगरपालिकाको उपप्रमुख अनिता चौधरीले यस संस्थाले यस क्षेत्रका महिलाहरुको आर्थिक तथा समाजिक रुपान्तरणको लागि कार्य गरेको भन्दै प्रशंसा गरिन् । संस्थाबाट लिएको कर्जाको सहि सदुपयोग गरि आम्दानी बढाउनु पर्ने साथै अरुको प्रलोभनमा नपरि आफनो ब्यवसाय गर्नु पर्ने बताउदै लघुवित्त तपाईह्ररुकै लागि हो तपाईको सानो बचतले भविष्यमा तपाईकै पूँजी निमार्ण गर्ने भएकोले बचत गर्न प्रेरित गरिन् ।

Esewa
Crest

त्यस्तै, राजापुर नगरपालिका वार्ड न ६ का वडा अध्यक्ष असराज न्यौपानेले कर्जा उत्पानशिल क्षेत्रमा लगानी गर्दा आर्थिक रुपमा सक्षम हुने भएकोले कर्जाको दुरुपयोग गर्न नहुने र अरु राम्रो कामको लागि मात्र देखासिकि गर्नुस र कर्जा लिएर तिर्न पर्दैन भनि भ्रममा नपर्न बताउदै पैसा कमाउन सजिलो नभएकोले आफनो ब्यावसाय लाई ध्यान दिई उद्यमी महिला बन्नुस र सकारात्मक सोच राखी अगाडी बढनुस भन्ने सुझाव दिए ।

कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी प्रमुख सारदा कुमारी खत्रीले कर्जा आवश्यकता अनुसार लिनु पर्ने र कर्जाको सहि सदुपयोग गर्न अनुरोध गर्दै सानो सोनो बचतले भविष्यमा सबैलाई फाइदा पुग्ने बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS