IME Life New

उन्नती माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

उन्नति माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का भएको छ । सहकार्य लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपछि आजदेखि सेयर कारोबार रोक्का भएको हो ।

अब मर्जर प्रक्रिया सम्पन्न भएपछि मात्र सेयर कारोबार खुला हुनेछ । उन्नति माइक्रोफाइनान्स सर्वसाधारणमा सेयर जारी गरी नेप्सेमा सूचीकृत भइसकेको कम्पनी हो । यता, सहकार्यले भने अहिलेसम्म आइपीओ जारी नगरेको संस्था हो ।

Esewa
Crest

रुपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ । उन्नतीको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ छ ।

सर्लाही जिल्लामा केन्द्रीय कार्यालय रहेको सहकार्यले पनि १० जिल्लामा शाखा विस्तार गरी कारोबार गर्दै आएको छ । सहकार्यको १ करोड ४० लाख रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS