IME Life New

उदयपुरको देउरीमा एनआईसी एशीया बैंकको शाखारहित बैंकिङ सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईसी एशिया बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ५ देउरीमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ सेवाको समुद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धब थापाल गरे । उक्त क्षेत्रमा शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा हरि श्रेष्ठलाई बैंकद्वारा नियुक्त गरिएको छ ।

उक्त सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्र्न सकिन्छ ।

Esewa
Crest

हाल बैंकले २७० शाखाकार्याल, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS