IME Life New

उतारचढावबीच बढ्यो नेप्से, १७५ कम्पनीको शेयरभाउमा बढोत्तरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमले तीव्र उतारचढाव आएको शेयर बजार अन्तिम समयमा हरियो भएर बन्द भएको छ। नेप्से परिसूचक आज ९.३३ अंकले बढेर २०१७.०३ को विन्दुमा बन्द भएको हो।

बजारमा आज १७५ कम्पनीको शेयरभाउ बढ्दा ६२ वटाको घटेको छ भने ११ वटाको स्थिर रहेको छ। यो दिन नेप्से उपसमूहमा रहेका १० वटा समूहमा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक १.६८ प्रतिशतले बढेको छ भने जीवन बीमा समूह सर्वाधिक ०.०२ प्रतिशतले घटेको छ।

Esewa
Crest

बढेको बजारमा आज ३०८ कम्पनीका ९१ लाख ३८ हजार १५४ कित्ता शेयर ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३५७ रुपैयाँमा किनबेच भएका छन्। यो दिन दोल्ती पावरको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ भने मोलुङ हाइड्रोपावरको शेयरभाउमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नकारात्मक सर्किट लागेको छ।

आज बजारमा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS