IME Life New

इसेवा मार्फत लाइफ इन्स्योरेन्सको पोलिसी नविकरण गर्दा ५० हजार जित्न सकिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । इसेवा मार्फत लाइफ इन्स्योरेन्सको पोलिसी नविकरण गर्दा ५० हजार जित्न सकिने भएको छ । प्रयोगकर्तालाई अनलाइन मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले इसेवाले यस किसिमको अफर सार्वजनिक गरेको हो ।

उक्त अफरमा बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा हरेक दिन एक जनाले १ हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै योजनाको अन्त्यमा भाग्यशाली एक जना विजेताले ५० हजार जित्न सक्नेछन् ।

Crest

यस योजना असार २५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । दैनिक क्यासब्याक बिजेताको घोषणा हरेक हप्त्ताको अन्त्यमा इसेवाको फेशबुक पेज तथा ब्लग मार्फत गरिनेछ भने बम्पर उपहार विजेताको घोषणा इसेवाको फेशबुक पेज मार्फत प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ । यस योजनामा सहभागी हुन इसेवा प्रयोगकर्ता केवाइसी भेरिफाइड भएको हुनुपर्नेछ ।

यस योजनामा कुनैपनि जीवन बीमा कम्पनीको इसेवा मार्फत नविकरण गर्न सकिनेछ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्योरेन्सको प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS