IME Life New

इन्स्योरेन्स शिक्षा: बीमा सर्भेयर भनेको के हो ? बीमा सर्भेयर हुनका लागि के-के योग्यता चाहिन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स शिक्षा: बीमा सर्भेयर बीमा व्यवसायको लागि सर्भेयर एक महत्वपूर्ण अंग हुन् । सर्भेयर बिना कम्पनीले दाबी भुक्तानी गर्न सक्दैन । सर्भेयरले घटना स्थलमा पुगेर क्षतिको मूल्यांकन गरे पछि मात्रै बीमा कम्पनीहरुले बीमितलाई दाबी भुक्तानी गर्छन ।

बीमा गरिएको सम्पत्तिको हानि, क्षति वा नोक्सानि भएमा क्षति भए बराबरको रकम बीमालेखले सुरक्षा गर्दछ । बीमा गरिएको सम्पत्तिको क्षति भएमा बीमालेखले सुरक्षा गर्दछ । त्यसैले विमकले विमित लाई अनिवार्य रुपमा क्षतिपूर्ती गर्नु पर्ने हुन्छ । क्षति त भयो के कसरी भयो कतिको क्षति भयो जस्ता कुराहरु मुल्याङकन गर्न बीमा कम्पनीले व्यक्ति वा संस्थालाई खटाउने गर्दछ । यसरी खटाईएको व्यक्ति वा संस्थाबाट आएको प्रतिवेदनलाई मुख्य आधार मानि बीमा कम्पनीले विमितलाई रकम भुक्तानि गर्दछ । क्षति भएको सम्पत्तिको मुल्याङकन गर्ने व्यक्तिलाई बीमा सर्भेयर भनिन्छ ।

Esewa
Crest

सर्भेयरको लागी आवश्यक योग्यता बीमा विनियमावली अनुसार कुनै बीमा कम्पनीको कार्यलयमा अधिकृतस्तरको पदमा कम्तिमा दश बर्षसम्म बीमा व्यवसायमा सम्बन्धित कार्यको अनुभव हासिल गरेको, अनुभवको साथमा बीमा सर्भेयरमा निम्न योग्यता चाहिन्छ ।

इन्जिनियरिङ्ग बिषयमा कम्तिमा स्नातक उपाधि हासिल गरेको, अन्तराष्ट्रिय चाटर्ड इन्स्योरेन्स इन्ष्टिच्यूट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धी बिषयमा कम्तिमा स्नातक उपाधी हासिल गरेको वा चाटर्ड एकाउन्टेन्सी परीक्षा उतिर्ण गरेको व्यक्ति यी माथिका योग्यता पुगेका जो सुकैले पनि सर्भेयरको लाईसेन्सको लागी समितिमा निवेदन दिन सक्ने छन् । योग्यता पुगेको निवेदकले सर्भेयरको इजाजतपत्र प्राप्त गर्नु अघि समितिले सञ्चालन गरेको सर्भेयर सम्बन्धी तालिममा सहभागी भई तालिम पूरा गरेको पं्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।

सर्भेयरले प्रत्येक बर्ष आफनो लाईसेन्स नविकरण गर्नुपर्नेछ । कार्य अनुभवका आधारमा बीमा सर्भेयरहरुलाई तहगत आधारमा वर्गीकरण गरिएको हुन्छ ।

[‘इन्स्योरेन्स शिक्षा’ कार्यक्रम नेपाली बीमा क्षेत्रको बिकाशको लागि थालीएको एउटा नविनतम प्रयास हो, यदि तपाईहरु संग पनि इन्स्योरेन्स सम्बन्धि कुनै समाचार, लेख/रचना, बिस्लेषणहरु छन् भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ, [email protected]]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS