IME Life New

इन्स्योरेन्स शिक्षा: के तपाईले बीमा गर्नु भएको छ ? दाबीका लागि के गर्ने थाहा पाई राख्नुहोस् ।

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । तर बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । तपाईँ हामी सबै भोलीका बारेमा अनभिज्ञ हुन्छौँ । तर अचानक भोली जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । त्यही हुन सक्ने जोखिमको पुर्ताल गर्न गरिने एक प्रकारको सम्झौता बीमा हो

जीवन बीमा दावी भुक्तानी प्रक्रिया :
बीमकले जीवन बीमाशूल्कको अन्तिम किस्ता भुक्तान गरी सकेका बीमितको नाममा उक्त किस्ता भुक्तानी गरेको मितिले १५ दिनभित्र त्यस्तो जीवन बीमाको दाबी भुक्तानी गर्नको लागि चाहिने बीमालेख जस्ता कागजातहरु समेत संकलन गरी दाबी भुक्तानी गर्न आउने निमित्त बीमालेख (डिस्चार्ज भाउचर) जारी गर्नुपर्ने छ ।

Esewa
Crest

त्यसपछि बीमितले जीवन बीमाको दाबी भुक्तानीको निमित्त बीमालेख तथा अन्य कागजातहरु र भुक्तानी पूर्जी पेश गरेमा बीमकले आवश्यक जाँजबुझ गरी जीवन बीमालेखको अवधि भुक्तान भएको ७ दिनभित्र निजलाई जीवन बीमाको दाबी भुक्तानी दिनुपर्नेछ ।

कुनै जीवन बीमालेखको अवधि समाप्त हुनु अगावै सो बीमालेख लिने बीमितको मृत्यु भएमा निजले इच्छाएको नभए बीमा ऐनको दफा ३८ को उपदफा (१) मा उल्लिखत व्यक्रिहरुमध्ये सबैभन्दा नजिकको हकवालाले त्यस्तो जीवन बीमाको रकम लिनको लागि देहायका कागजात सहित आवश्यक विवरणहरु खुलाई दाबी भुक्तानीको निवेदन बीमक समक्ष पेश गर्नुपर्ने छ ।
दाबी भुक्तानी सम्बन्धि विवरण,
बीमितको मृत्यु प्रमाणपत्र,
दुर्घटनाबाट बीमितको मृत्यु भएको र त्यस्तो जोखिम जीवन बीमामा समावेश भएको भए बीतिको मृत्युको काराण सम्बन्धमा सरकारी चिकित्सकद्धारा गरिएको शव परीक्षण र सो नभए प्रहरी प्रतिवेदन
बीमितसँगको नाता प्रमाणपत्र
उमेर प्रमाणित नभएको अवस्थामा उमेर प्रमाणित गर्ने कागजातहरु
समितिद्धारा तोकिदिएका अन्य विवरणहरु

उल्लेखित कागजात सहित निवेदन प्राप्त भएपछि बीमकले जीवन बीमा दावीको सम्बन्धमा पेश भएका काागजात समेतका विवरणहरु छाचविन गरी आवश्यक भए अन्य कुराह समेत बुझि आफूसमक्ष त्यस्ता कागजातहरु प्राप्त भएको मितिले पन्ध्र दिनभित्र दायित्व निर्धारण गरी दाबी भुक्तानी लिन आउनको निमित्त निवेदकको नाममा भुक्तानी पूर्जी (डिस्चार्ज भाउचर) जारी गर्नुपर्दछ । यसरी जारी गरेको भुक्तानी पूर्जी निवेदकबाट प्राप्त भएको मितिले १५ दिनभित्र बीमकले बीमाको दावी भुक्तानी गर्नुपर्ने छ ।

बीमकले विवरणहरु छानवीन गर्दा दायित्व निर्धाराण गरी यदि बीमा दावी भुक्तानी गर्नु नपर्ने देखेमा सो को कारण खुलाई त्यसको लिखित जानकारी निवेदकलाई दिनुपर्ने छ ।

निर्जीवन बीमा दाबी प्रक्रिया :
निर्जीवन बीमा गर्ने बीमितले बीमालेख बमोजिमको दावी गर्नुपर्ने भएमा आवश्यक सम्पूर्ण विवरणहरु खुलाई बीमक समक्ष निवेदन दिनुपर्नेछ । त्यस बमोजिम निर्जीवन बीमाको दावी भुक्तानीको निमित्त बीमितको निवेदन प्राप्त भएमा बीमकले आवश्यक जाँचबुझ आवश्यक परेमा तुरुन्त सर्भेयर खटाउन सक्नेछ । त्यसरी खटिउको सर्भेयरले आवश्यक जाचँबुझ गरी पन्ध्र दिनभित्र बीमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमक समक्ष पेश गर्नुपर्ने छ ।

साथै, त्यसबारे बीमालेखको शर्त तथा सुविधाको अधीनमा रही बीमितले पाउन सक्ने रकम उल्लेख गरी बीमितलाई जानकारी दिनु पर्नेछ । सर्भेयरले बीमकसमक्ष प्रतिवेदन पेश गरेको साधारणतया ३५ दिनभित्र बीमकले दायित्व ठहर गरी बीमितलाई निर्जीवन बीमाको दावी भुक्तानी गर्नुपर्नेछ ।

स्रोत बीमा चिनारी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS