IME Life New

इन्स्योरेन्स खबर डटकमको कार्यकारी सम्पादकमा जयराम गौतम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रको पहिलो व्यवसायीक अनलाइन पत्रिका इन्स्योरेन्स खबर डटकमको कार्यकारी सम्पादकमा जयराम गौतम नियुक्त भएका छन्।

क्यापिटल न्युज नेटवर्क प्राइभेट लिमिटेडको  ब्यबस्थापनले आज माघ ५ गते गौतमलाई कार्यकारी सम्पादकमा नियुक्त गरेको हो। क्यापिटल न्युज नेटवर्कका अध्यक्ष केशब प्रसाद भण्डारीले शुक्रबार कार्यालयमा आयोजित एक कार्यक्रमबीच गौतमलाई स्वागत गरेका थिए ।

Esewa
Crest

कार्यक्रममा अध्यक्ष भण्डारीले गौतमको आबद्धतासँगै इन्स्योरेन्स खबरलाई अझै परिष्कृत गर्दै नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको बताए।

 

कार्यभार सम्हाल्दै नवनियुक्त कार्यकारी सम्पादक गौतमले बीमा तथा आर्थिक क्षेत्रमा इन्स्योरेन्स खबरले अहिलेसम्म हासिल गरेको ख्यातीलाई अझै बढाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता गरे। ‘इन्स्योरेन्स खबर डटकम बीमा क्षेत्रको व्यवसायीक प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेर बीमा शिक्षा, जागरण, समाचार, विचार, विश्लेषण र आलोचनात्मक टिप्पणी पस्किने नेपालकै पहिलो अनलाइन मिडिया रहँदै आएको छ’, उनले भने, ‘यो संस्थाको गरिमा कायमै राख्न लागिपर्नेछु।’

गौतम विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन्। उनले आफ्नो पत्रकारिताको यात्रा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकबाट सुरु गरेका थिए। अन्नपूर्ण पोष्टमा करिब ११ वर्ष बिताएका गौतम पछि अंग्रेजी दैनिक पत्रिका दी हिमालयन टाइम्समा आबद्ध भएका थिए। त्यहाँ पनि उनले करिब ७ वर्ष बिताएका थिए।

दी हिमालयन टाइम्सपछि गौतम आर्थिक अनलाइन मिडिया बिजशाला डटकममा आबद्ध भएर आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%
happy

खुसी

0%
sad

दु :खी

22%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS