IME Life New

इन्स्योरेन्स इन्स्टिच्युटमा प्रतिनिधित्व गर्ने ४ सञ्चालकको निर्वाचन भोलि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरु निर्विरोध निर्वाचित हुने भएका छन्।

संस्थाको पाँचौँ वार्षिक साधारणसभा पुस २७ गते हुँदैछ। सभाले संस्थापक समूहबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने अजेन्डा रहेको छ। आज निर्वाचन अधिकृत अन्जन धितालले सञ्चालकका उम्मेदवारहरुको नामावली प्रकाशित गरेका छन्।

Esewa
Crest

प्रकाशित नामावलीमा सञ्चालक समितिमा नेपाल बीमा प्राधिकरणबाट कार्यकारी निर्देशक राजुरमण पौडेल प्रतिनिधित्व गर्दैछन्। संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकमा शिखर इन्स्योरेन्सका सीईओ दिपप्रकाश पाण्डे, सिटिजन लाइफका सीईओ पोषकराज पौडेल, नेपाल पुनर्बीमा कम्पनीका निमित्त सीईओ दामोदर भण्डारी र मेट लाइफका सीईओ निर्मलकाजी श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ।

निर्वाचन कार्यक्रम तालिकाअनुसार उम्मेदवारहरुको अन्तिम नामावली भोलि बिहीबार ११ बजे प्रकाशन हुनेछ। भोलि दाबी विरोधपछि मात्रै अन्तिम नामावली सार्वजनिक हुने र शुक्रबार हुने वार्षिक साधारणसभामा सञ्चालकहरु निर्विरोध रुपमा चयन भएको घोषणा हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS