IME Life New

इन्स्योरेन्समा पनि सम्पत्ति शुद्धिकरण निर्देशन लागू : एक लाखभन्दा बढीको प्रिमियम बैंकमार्फत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: बिमा कम्पनीहरुले एक लाख वा सो भन्दा बढीको बिमा शुल्क बैंक तथा वित्तिय संस्था वा पस मेशिन (पोइन्ट अफ सेल) मार्फत लिनुपर्ने भएको छ ।

बिमा समितिले आगामी २०७५ साल चैत मसान्तसम्म सो व्यवस्था गरिसक्न बिमा कम्पनीहरुलाई निर्देशन गरेको हो । बिमा समितिले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ जारी गर्दै सो निर्देशन दिएको हो, सोहि अनुरुप राष्ट्र बैंकको निर्देशन अनुसार कुनै पनि बैंक तथा बित्तियसंस्थामा रकम जम्मा गर्दा जम्मा गर्ने व्यक्तिको परिचय खुल्ने कागजात अनिबार्य गरे सकेको छ, बैंकिंग क्षेत्रमा श्रोत खुलाउने तथा बचत गर्दा गाह्रो हुने हुदा सम्पति सुद्धिकरण को लागि बिमा पोलीसि किन्ने प्रचलन वढेको अनुमान गरिएको थियो ।

Esewa
Crest

बिमा कम्पनीले एक लाख भन्दा बढी बिमा शुल्क लिँदा बैंक तथा वित्तिय संस्थामार्फत वा पस मेसिन मार्फत भुक्तानीको व्यवस्था मिलाउन भनेको छ । र, सबै प्रकारको बिमा शुल्क बापतको रकम पस मार्फत भुक्तानी गर्दै लैजाने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ ।

पस मेसिन भनेको वस्तु वा सेवा खरिद गरेपछि कार्ड घोटेर सिधै आफ्नो खाताबाट अर्को खातामा रकम स्थानान्तरण गर्ने प्रक्रिया हो ।

यता बिमालेख अन्र्तगत दाबी भुक्तानी गर्दा ५० हजार रुपैयाँ भन्दा बढीको भुक्तानी सम्बन्धित व्यक्तिको बैंकिङ खातामा गर्नुपर्ने व्यवस्था पनि चैत मसान्तसम्म गरिसक्न समितिले कम्पनीहरुलाई निर्देशन दिएको छ ।

यस्तै निर्देशिकाले बिमा कम्पनीहरुले बिमा लेख जारी गर्दा विशेष ध्यान दिनुपर्ने व्यवस्था गरेको छ । त्यसमा पनि उच्च पदस्थ व्यक्तिको पहिचान गरेर मात्र बिमा लेख जारी गर्नुपर्ने भएको हो । उच्च पदस्थ व्यक्तिको पद सकिएको पाँच वर्षसम्म मात्रै उनीहरुको बिमा लेख कायम गर्न समितिले बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ कार्यावयन नगर्ने बिमा कम्पनीलाई न्युनतम १० लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्मको जरिवाना गर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS