IME Life New

आशा लघुवित्तको साढे २ लाख कित्ता बढी शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको २ लाख ५९ हजार ७२३ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसअघि संस्थाका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको शेयरमा आंशिकमात्रै खरिद आवेदन परेको संस्थाले जनाएको छ।

Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले शेयर खरिदका लागि निवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

शेयर खरिदका लागि ७ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काभ्रेको साँगास्थित संस्थाको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS