IME Life New

आशा लघुवित्तको नाफा बढ्यो, अन्य सूचक कस्तो?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वनजिक गरेको छ । संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत बर्षको सोहि अवधिमा १ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा १ सय प्रतिशतले बढेको छ ।

साथै, तेस्रो त्रैमासिक सम्ममा संस्थाको संचालन नोक्सान ७२ लाख ३६ हजार रुपैयाँ रहेको छ ।संस्थाको खुद ब्याज आम्दानी ७ करोड ८१ लाख रुपैयाँबाट बढेर १० करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

Crest

त्यस्तै, संस्थाले चैत मसान्ससम्मको अवधिमा ७३ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने २ अर्ब २६ करोड रुपैयाँ कर्जामा लगानी गरेको छ । संस्थाको हालको चुक्ता पुँजी २३ करोड २२ लाख रुपैयाँ रहेको छने रिजर्भ कोषमा ६ करोड ४९ लाख रुपैयाँ संचित रहेको छ।
संस्थाको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ १५ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS