IME Life New

आर्थिक सम्बृद्धिको साथी बन्न सक्छ बीमा -बुद्धि प्रसाद न्यौपाने (बिनय)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुद्धि प्रसाद न्यौपाने (बिनय)

नेपालमा निर्जिवन बीमा सेवा सूरु भएको सातौ दशक भन्दा पनि बढि भईसकेको छ तर पनि जतनामा बीमाको ज्ञान न्यून रहेका छ । मोटर बीमामा सरकारले सवारी कर तिर्नलाई बीमा अनिवार्य गरे सगै बीमा कम्पनिहरुको व्यावसायमा बृद्धि भएको भएता पनि त्यस वाट जनताले लाभ भने कमैले मात्र लिएको पाइन्छ । अझ पनि अधिकांश ग्रामिण क्षेत्रमा बीमा कर बूझाउनको लागि मात्र गरिएको मानसिकता भएको जनताको जमात ठूलो नै रहेको छ ।

त्यसैले पनि सके सम्म बीमाविना नै सवारी कर बूझाउने प्रयास गरेको देखिन्छ नै । त्यसमा पनि न्यून संख्यामा रहेका जनताले जसले विमाको महत्वलाई बूझेर विमा गराएका छन् त्यसमा पनि एकदमै न्यून संख्या मात्र विमा सेवावाट सन्तूष्ट भएको पाइन्छ । किन आज विमा कम्पनिले सेवाग्राहीलाई सन्तूष्टी दिन सकिरहको छैनन । यसमा सम्बन्धित सवैले गम्भिर रुपले विचार पूर्याउनू पर्ने देखिन्छ ।

Esewa
Crest
बुद्धि प्रसाद न्यौपाने (बिनय)

बीमा गर्ने समयमा विमक पक्ष अर्थात बीमा कम्पनिका प्रतिनिधिले बीमाको विषयमा बीमितलाई कून बीमालेख खरिद गर्दा के कस्ता जोखिम बहन हून्छ भन्ने जानकारी प्रष्ट रुपमा दिन नखोज्नू । बीमाको सर्त नियम के कस्ता हून्छ भन्नेमा बीमित सचेत नहूनू साथै दूर्घटना भईसके पछि के कस्ता प्रक्रिया पूरा गर्नू पर्दछ भन्ने विषयमा बीमित संग जानकारीको अभाव हूनू । क्षेतिपुर्ती प्रक्रियामा बीमितसंग पटक पटक गरेर कागजात खोज्नू जून कागजात सहजै एकै पटकमा उपलब्ध हूने खालको हून्छन यि लगाएतको कारणकाट पनि विमित बीमाबाट क्षेति पूर्तिको आशा कम गर्ने गरेको पाईएको छ । यि अवस्थालाई सरल वनाई बीमा प्रति विश्वासनिय वातावरण वनाउनू आजको आवश्वकता हो ।

बीमा कम्पनिले आफ्ना कर्मचारीलाई तालिम मार्फत ग्रामिण क्षेत्रका जनशक्तीलाई अझ दक्ष बनाई जनताको दु:खको साथी बीमा बनाउन भूमिका निर्भाह गर्नू पर्ने देखिन्छ । बीमालेख सेवा ग्राही कार्यालयमा नै गएर खरिद गर्ने अवस्था देशको कतिपय ठाउमा अझै पनि नभएको पाइएको छ । सवारी खरिद विक्रि हूने ठाउमा नै बीमाको शूल्क भूक्तानी गरि बीमालेख खरिद गर्ने पद्दतीले पनि बीमाको सेवालाई जनताबाट अलि टाढा बनाएको महसूस हून्छ । बीमा कम्पनिको संख्या साथै शाखा पनि ग्रामिण क्षेत्रमा पूगे संगै जनतालाई सेवा लिन केहि मात्रमा भए पनि सहज भएको छ ।

यदि जनतामा बीमाको महूच सहजै पूर्याउनको लागि बीमाको सचेतना अभियान चलाउन आवश्वक देखिन्छ यो कार्यक्रलाई प्रभावकारी रुपले अवलम्वन गर्ने हो भने बीमाले जनताको सम्पतीको सूरक्षा प्रदान गरेको हून्छ आज नेपाल सरकारले सम्बृद्धिको नारा घन्काई रहेका अवस्थामा बीमाले पनि जनतालाई संबृद्धी को साथी वन्न सक्छ । यसको लागि सरकारले नै जन प्रतिनिधी मार्फत तल्लो तह सम्म जनतामा बीमाको पहुच पूर्याउन जरुरी देखिन्छ ।

पशूपंक्षी तथा वालिनाली बीमाको विषयमा चर्चा गरौ बीमा आज नेपाल सरकारले कृषि बीमामा लाग्ने बीमा शूल्कमा ७५  प्रतिशत अनूदान को व्यवस्था गरेको छ । यो अनूदान ले यर्थाथमा किसानको न्यून बीमा शूल्क बूझाएर अत्याधिक लाभ लिन सकिने र आफ्नो जनधनको सूरक्षा गर्न सकिने अवस्था हूदा हूदै पनि चेतनाको अभाव भएर हो वा बीमा प्रति जनताको विश्वास नभएर हो जून रुपमा कृषि विमा हूनू पर्ने हो सो रुपमा बीमा भईरहको अवस्था छैन् । यसमा नेपाल सरकारको सम्वन्धित निकायले विमाको गोष्ठी लगायतको कार्यक्रम स्थानिय तह मार्फत वाट संचालन गरेको भएता पनि त्यसको प्रभाव न्यून रुपमा मात्र पाएको देखिन्छ ।

व्यावसायिक रुपमा पशू पालन गर्ने कृषकले मात्र बीमा गरेको पाइन्छ । घरमा पालिने पशू चौपाया जून न्यून संख्यामा रहको हून्छन त्यसको बीमा धेरै न्यून संख्यामा मात्र कृषक ले गरेको छन । यदि त्यस्ता कृषकलाई केन्द्रित बीमाको कार्यक्रमलाई प्रभावकारी वनाउने हो भने न्यून संख्यामा पशू पालन गर्ने कृषक पनि व्यावसायिक पालन तिर आकर्षित हूने थिए । त्यस्तै कृषिमा भनौ अन्न वालि तथा तरकारी खेतिमा पनि विमालाई प्रभावकारी वनाउने हो भने जोखिमको डरले व्यावसायिक कृषक बन्न नसकिरहको कृषक पनि व्यावासायिक खेति तर्फ आकर्षित हूने थिए । यस्तो क्रियाकलपवाट कृषि प्रधान देशका जनताको सम्बृद्धिको सारथी बीमा हून्न सक्नेमा कूनै संङ्का नै हूदैनन्थ्यो ।

-न्यौपाने: निर्जिवन बीमा कम्पनीमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS