IME Life New

आरम्भ लघुवित्तको वित्तीय साक्षरता तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं ।आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको विभिन्न गाउँका स्थानीय समुदायका १३४ ग्राहक सदस्यहरुको सहभागितामा “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ ।

Esewa
Crest

तालिमको संञ्चालन बट्टार शाखाका कर्मचारी पबित्रा लामिछानेले गरेका थिए । यस संस्थाको बट्टार शाखाको शाखा प्रवन्धक सुवाश बडालले तालिमको सुरुवातमा मन्तब्य दिएको थियो । मन्तब्यमा शाखा प्रवन्धक बडालले वित्तीय साक्षरताको महत्व तथा आवश्यकताबारेमा चर्चा गरेका थिए ।

वित्तीय साक्षरताको अभावले गर्दा समुदायमा मानिसहरुले दयनीय जीवन बिताउन वाध्यहुने विषयमा पनि शाखा प्रवन्धक बडालले चर्चा गरेका थिए । तालिममा शाखा प्रवन्धक सुवाश बडाल तथा जनरल इस्योरेन्स कम्पनीका शाखा प्रवन्धक प्रल्हाल भट्टले प्रशिक्षण दिएको थियो ।

तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरता परिचय, ग्राहकको आवश्यकतातथाचाहना, बचतको अवधारण तथालक्ष्यनिर्धारण, बचत उपाय, बचत योजना, बचत प्रदायक संस्थाको छनौट, ऋणको योजनातथा ऋण लिन सक्ने क्षमता, ऋण प्रदायक संस्थाको छनौट, कर्जा सदुपयोगिता, जोखिमन्यूनीकरण, जोखिमको परिचय र असर विप्रेषण सेवा, अब्यवस्थितखर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम, ब्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरु, फजुलखर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, व्यवसाय विस्तार तथा विविधिकरण, व्यवसायिक योजना अन्य आयको श्रोतको पहिचान, साधन तथा श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, खर्चको अवधारणा आदि विषयहरुमा जानकारी लिएको थिए ।

वित्तीय साक्षरता तालिममा तालिमको बारेमा इश्वरी रिमाल , लक्ष्मी अधिकारी लगाएतले आरम्भ लघुवित्त वित्तीय संस्थाले तालिम दिएकोमा खुसी ब्यक्तगर्नुका साथसाथै यस किसिमको तालिमले हामीहरुको आर्थिक उन्नतिमा टेवादिने विषयमाचर्चा गरेका थिए। त्यस्तै गरी तालिमको समापन शाखा प्रवन्धक सुवास बडालले गरेका थिए ।

शाखा प्रवन्धक सुवाश बडालले संस्थाले ग्राहक सदस्यहरुलाई कर्जा तथा बचतको साथसाथै वित्तीय साक्षरता तालिम, उद्यमशील ताविकास तालिम, सीपविकास तालिम तथा अन्य विभिन्न तालिमहरु पनि संचालनगर्दै लैजाने जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS