काठमाडौं: आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यकारी अधिकृतमा ज्योतिचन्द्र ओझा पून नियुक्त भएका छन्। वित्तीय संस्थाको २०७५/५/१० मा बसेको संचालक समितिको ३१७ औँ बैठकको निर्णयले सञ्चालक शिवा देवी काफ्लेको राजिनामा स्वीकृत गरेको छ । साथै सोहि बैठकको निर्णय बमोजिम संस्थाका प्रमुख कार्यकारी अधिकृतमा २०७५/६/१ देखि लागू हुने गरी ज्योतिचन्द्र ओझालाई नै पून नियुक्त गरेको छ । ओझाको कार्यकाल ४ वर्षको लागि हुने जानकारी कम्पनीले जनाएको छ ।
आरएमडीसी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा ज्योतिचन्द्र ओझा पून नियुक्त
