काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार सवा ३१ लाख कित्ता शेयर थपिएको छ।
नेप्सेमा ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो।
कम्पनीले अघिल्लो वर्ष आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही शेयर आज नेप्सेमा थपिएको हो।