IME Life New
GBIME

एटीएमबाट रु. ५० र १०० दरका नोट किन निकाल्न मिल्दैन ? के छ प्रावधान ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालका बैंकहरुको एटीएमबाट चलनचल्तीमा रहेका ५० र १०० रुपैयाँ दरका नोट निकाल्न मिल्दैन। एटीएमबाट ५०० र १००० रुपैयाँ दरका नोटमात्र निकाल्न सकिन्छ। कहिलेकाहीँ त ५०० रुपैयाँ दरका नोट पनि निस्किँदैन।

धेरै वर्षपहिले बैंकका एटीएमबाट १०० रुपैयाँ दरका नोट निकाल्न सकिन्थ्यो। एटीएमबाट ५० रुपैयाँ दरका नोट भने पहिलेदेखि नै निकाल्न मिल्दैन थियो।

Crest

भारतीय रिजर्भ बैंक (आरबीआई) सोमबार बैंकहरुलाई निर्देशन दिँदै १०० र २०० रुपैयाँ दरका नोट एटीएमबाट निकाल्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ। हाल भारतमा पनि ५०० रुपैयाँ दरभन्दा माथिका नोट एटीएमबाट निकाल्न मिल्छ।

नेपालमा पनि कम्तीमा १०० रुपैयाँ अंकित दरका नोट एटीएमबाट निकाल्न सकिने व्यवस्था गरिएमा सर्वसाधारणलाई केही सहज हुने देखिन्छ। उदाहरणका लागि यदि कुनै व्यक्तिको बैंक खातामा ४५० रुपैयाँ मात्र छ। उसलाई तत्काल पैसा चाहिएको छ भने एटीएमबाट पैसा निकाल्न सम्भव हुँदैन। बैंक गएर चेक काटेर निकाल्नुपर्ने हुन्छ।

नेपाल बैंकका कार्ड विभाग प्रमुख दीपक रेग्मी एटीएमबाट कुन रेन्जसम्मको पैसा निकाल्न मिल्छ भनेर कतैबाट नतोकिएको बताए। ‘१०० रुपैयाँ दरका नोटले एटीएमको पैसा राख्ने ठाउँ धेरै आगट्ने भएकोले ठूला दरका नोटमात्र राख्न थालिएको हो’, उनले भने।

धेरै पहिला केही बैंकहरुले १०० रुपैयाँ दरका नोट पनि एटीएमबाट निकाल्ने मिल्ने व्यवस्था गरेको रेग्मीले बताए। ‘तर, केही वर्षयता सबैले ५०० र १००० रुपैयाँ दरका नोटमात्रै एटीएमबाट झिक्न सक्ने व्यवस्था गरेका छन्’, उनले भने।

एटीएममा १०० रुपैयाँ दरका नोट राख्ने विषयमा बैंकमा छलफल गरिने रेग्मीले बताए। ‘यस विषयमा म म्यानेजमेन्ट टिमसामु कुरा राख्छु’, उनले भने, ‘किनकि १०० रुपैयाँ दरका नोट एटीएमबाट निस्किने व्यवस्था भएमा सर्वसाधारणलाई पनि सहज हुन्छ।’

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले पनि एटीएमबाट ५० र १०० रुपैयाँ दर निकाल्न नपाइने प्रावधान कतै नरहेको बताए। ‘यति नै दरका नोटहरुमात्रै एटीएमबाट निकाल्न पाइन्छ भनेर पनि कतै खुलाइएको छैन’, उनले भने।

प्रवक्ता पौडेलले सायद बैंकले एटीएममा धेरै स्पेस खाने भएकोले ५० र १०० रुपैयाँ दरका नोट नराखेको हुन सक्ने बताए। ‘यसले लागत पनि बढाउँछ कि भन्ने सोच बैंकहरुको हुन सक्छ’, उनले भने, ‘एटीएमबाट सर्वसाधारणले साना दरका नोट पनि निकाल्न पाउनुपर्छ। यस विषयमा राष्ट्र बैंकमा छलफल गर्छौं।’

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS