IME Life New

पाँचतारे होटलजस्तो मर्सिडिजको ‘भिजन भी’ भ्यान, ६५ इन्चको टीभी, गेमिङ रुम र अन्य धेरै सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मर्सिडिज बेन्जले लग्जरी फिचरसहित आफ्नो कन्सेप्ट भेहिकल ‘भिजन भी’ भ्यान पेस गरेको छ। चीनको संघाईमा आयोजित अटो शोमा यो भ्यान पेस गरिएको हो।

शानदार लुक, आर्कषक फिचर र कुनै पाँचतारे टोलजस्तो क्याबिन देखेर जोकोही हैरान पर्नेछन्। मर्सिडिजको यो नयाँ कन्स्पेप्ट भ्यानमा ती सबै कुरा दिइएको छ, जुन मानिसले आफ्नो गाडीमा राख्न चाहन्छन्। त्यसैले यसलाई बेस्ट लग्जरी भ्यानको श्रेणीमा राखिएको छ। यो भ्यानको लुक र डिजाइन निकै प्रभावशाली रहेको छ।

Esewa
Crest

भिजन भीमा एउटा मोबाइल थिएटर, गेमिङ लाउन्ज र एक्जिक्युभि सुइट सुविधा रहेको छ। मर्सिडिजले आफ्नो भिजन भी कन्सेप्टका माध्यमबाट नयाँ युग र आफ्नो बदलावको संकेत दिएको छ। कम्पनीले आउँदो पिँढीका भ्यान इलेक्ट्रिक आर्किटेक्चर पनि प्रदर्शित गरेको छ।

भिजन भी भ्यानभित्र ६५ इन्चको ४के सिनेमा स्क्रिन राखिएको छ। जुन ढाकाल बन्द भएपछि फ्लोर कन्सोलबाट माथि जान्छ। त्यसअघि यो फ्लोरमा लुकेको हुन्छ।

ड्राइभरको सिट पछाडि प्राइभेट लाउन्ज सेक्सन रहेको छ। यो एसियाको क्रिस्टल ह्वाइट नप्पा लेदर, ह्वाइट सिल्क सिटिङ सरफेस र ओपन पोर बर वुडबाट सजाइएको छ। सिनेमा स्क्रिन यस लाउन्जको ककपिटबाट अलग राख्छ र स्पेसियलिटीको महसुस गराउँछ। स्क्रिनभन्दा माथि एउटा स्विचेबल ग्लाल पार्टिसन लिक्विड क्रिस्ट प्रविधिको प्रयोग गरिएको छ। जसलाई पारदर्शी र अपारदर्शी बनाउन सकिन्छ।

इमर्सिभ डिजिटल सिस्टमदेखि लिएर हाई एन्ड मटिरियलसम्म भिजन भी कन्सेप्टमा थुप्रै सुविधा दिइएको छ। जुन सुविधा र एक्जिक्युटिभिटी दुवै प्रदान गर्नका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS