IME Life New

आयात–निर्यातमा कमी, व्यापार घाटा १३ खर्ब माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मुुलुकको आयात र निर्यात दुवै घटेको छ। व्यापार घाटा भने १३ खर्ब रुपैयाँ माथि रहेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना जेठसम्मको तथ्यांकअनुसार कुल वस्तु आयात १.८ प्रतिशतले कमी आई रु. १४ खर्ब ५३ अर्ब ७० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ प्रतिशतले कमी आएको थियो।

Crest

यो ११ महिनामा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई रु.१ खर्ब ३९ अर्ब २६ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २२.७ प्रतिशतले कमी आएको थियो।

जेठसम्म कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले कमी आई रु.१३ खर्ब १४ अर्ब ४४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.२ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS