IME Life New

आम्दानी घट्दा नेपाल रिपब्लिक मिडिया घाटामा, रिटेन्ड अर्निङ र ईपीएस पनि ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल रिपब्लिक मिडियाले घाटा व्यहोरेको छ। आज सार्वजनिक पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले १ करोड २२ लाख रुपैयाँ घाटा व्यहोरेको हो। गत आर्थि वर्षको यही अवधिमा कम्पनीले १ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि ९८.०२ प्रतिशतले घटेर ६ लाख १३ हजार रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड १० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।

Esewa
Crest

प्रथम त्रैमासमा कम्पनीको आम्दानी घटेर ४ करोड २५ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको आम्दानी ७ करोड ४१ लाख रुपैयाँ थियो। यो हिसाबले कम्पनीको आम्दानीमा ४२.६६ प्रतिशतको गिरावट आएको छ।

कम्पनीको चुक्तापुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ५२ करोड २० लाख रुपैयाँले ऋणात्मक रहेको छ। रिटेन्ड अर्निङ गत वर्ष यही अवधिमा पनि ४५ करोड ६७ लाख रुपैयाँले ऋणात्मक थियो।

आर्थिक मन्दीले गर्दा सरकारी निकाय तथा प्राइभेट सेक्टरलगायत सबै संघसंस्थाले विज्ञापन खर्च कटौती गर्दा आम्दानी घटेको कम्पनीले जनाएको छ। मन्दीकै कारण कम्पनीको विज्ञापनबापत उठ्नुपर्ने बाक्यौता रकम संकलनमा पनि कठिनाइ सिर्जना भएको कम्पनीले प्रस्ट्याएको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १.२७ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिशेयर नेटवर्थ ८७.१२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS