IME Life New

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छः मन्त्री चौधरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्ने बताएकी छिन् । उनले सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल बराहक्षेत्र नगरपालिका १ चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै त्यस्तो बताएकी हुन् ।

आफूलाई जहिले पनि न आस्तिक न नास्तिक भन्दै गर्दा पनि ओम शान्तिको दिदीबहिनीहरूको आग्रहका कारण आफू पनि केही कुरा जान्ने, बुझ्ने र केही सुन्थे पनि गरेको उनले बताइन् ।

Esewa
Crest

नेपाली भूमि हिन्दु सनातनीहरूको ठुलो पावन भूमि रहेको भन्दै मन्त्री चौधरीले इतिहासको कालखण्डमा लिखित हिन्दु सनातनीमा मात्र नभएर अनेक इतिहासहरूले कोरिएको कौशिक नदिको नाम जोडिएको भूमिका हिसाबले पनि चतरा धाम महत्त्वपूर्ण रहेको बताइन् ।

मन्त्री चौधरीले धार्मिक आस्था, आध्यात्मिक कुराले अहिलेको समाजलाई परिवर्तन गर्न सक्ने समेत बताइन । धर्म, कर्म, आध्यात्मिक चिजले खाली हामी परमधाम, परमपिता अथवा स्वर्गमा जान्छौ भन्ने आशा, भरोसा र आस्था मात्रै होइन । अहिलेको समाज धेरै तडकभडक, धेरै प्रतिस्पर्धात्मक छ सँगै अस्वस्थ प्रतिस्पर्धा छ उनले भनिन,यो अस्वस्थ प्रतिस्पर्धालाई चिर्न, तडकभडकपूर्ण समाजलाई चिर्नका लागि हरेक राजनीतिज्ञ, हरेक व्यवसायी वा आम व्यक्तिमा धार्मिक आचरण हुनुपर्छ ।

हरेक व्यक्तिमा धार्मिक आचरण भएमा समाजमा जुन प्रदूषित तरिकाले अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ, त्यो अस्वस्थ प्रतिस्पर्धालाई स्वस्थ बनाउन सकिने समेत मन्त्री चौधरीले दाबी गरिन् ।

स्वस्थ, सभ्य, असल, संस्कारी समाज बनाउनका लागि आध्यात्मिक शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।अध्यात्म, मेडिटेसन पनि मान्छेको मल्टिपल इन्टेलिजेन्स भएको भन्दै उनले भगवान् बुद्धले पनि त्यो समयमा मेडिटेसन, ध्यान गरेर बुद्धत्व प्राप्त गरेको बताइन् ।

आध्यात्मिक कुराहरू धेरै महत्त्वपूर्ण कुरा भएको वैज्ञानिकले साबित गरेको समेत उनले बताइन् । भारतमा पनि १२ वर्षमा ठुलो कुम्भ मेला लाग्ने गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता धार्मिक मेलाहरूले मुलुकको पर्यटकीय सँगै आर्थिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS