IME Life New

आज १५ कम्पनीको शेयरभाउमा लाग्यो सकारात्मक सर्किट, कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार बढेर २१०० माथि पुगेको छ। नेप्से परिसूचक आज ४५.९८ अंकले बढेर २१०६.४८ को विन्दुमा बन्द भएको हो।

आज नेप्सेमा रहेका १३ वटै उपसमूह बढेका छन्। शेयर बजारमा आज ३१३ कम्पनीका १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता शेयर ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५.७३ रुपैयाँमा किनबेच भएका छन्।

Esewa
Crest

बढेको बजारमा आज १५ कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ। आज बोटलर्स नेपाल, मेरो माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त, शिवम सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट, मिड सोलु हाइड्रोपावर र सोनापुर मिनरल्सको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ।

यसैगरी बीपीडब्ल्यू लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१, तारागाउँ रिजेन्सी होटल, सन नेपाल लाइफ र हिमालयन हाइड्रोपावरको शेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर सकारात्मक सर्किट लागेको छ।

सिटी होटलको शेयरभाउ पनि आज  ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज माथिल्लो मैलुङ खोला जलविद्युतका शेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको शेयरभाउ ५ प्रतिशतको हाराहारीमा घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS