IME Life New

आज सार्वजनिक बिदा, शेयर बजारका साथै बीमा र बैंकिङ सेवा बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सोमबारग्याल्पो ल्होसार परेकाले सरकारले सार्वजनिक विदा दिने भएको हो । आज सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्थाका साथै बीमा कम्पनीहरु बन्द हुनेछन् । साथै, आज अन्य सार्वजनिक निकाय पनि बन्द रहनेछन्।

अब शेयर बजार भोलि मंगलबार खुल्नेछ। हिजो आइतबार नेप्से परिसूचक २२.१० अंकले बढेर बन्द भएको थियो। नेप्से परिसूचक २०५२.६५ को विन्दुमा पुगेको छ।

Esewa
Crest

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । आज बराह वर्ष पूरा भई सोमबारदेखि मुसा वर्ष सुरु हुँदैछ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS