IME Life New

आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कतारका अमिर (राजा) नेपाल भ्रमणमा आउने दिन सरकारले आज मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकको सोमबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका लागि आउँदैछन्।

सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कतारका अमिर थानी नेपाल आउने भएकोले सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको जानकारी दिइन्। यसअघि पनि विदेशका राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा सरकारले सार्वजनिक बिदा दिँदै आएको थियो।

Esewa
Crest

कतारका अमिर पहिलोपटक नेपाल भ्रमण आउन लागेका हुन्। उनको भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई सहज र सरल गर्ने विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS