IME Life New

आज यी १० कम्पनीका शेयरधनी भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज वित्त समूहका कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन्। यही कारणले वित्त समूह आज सर्वाधिक सर्वाधिक २.४४ प्रतिशतले बढेको छ।

समग्र शेयर बजार सूचक नेप्से भने आज ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा ११५ कम्पनीको शेयरभाउ बढेको छ भने ११७ वटाको घटेको छ। १५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज सर्वाधिक कमाउनेमा पोखरा फाइनान्स रहेको छ। यो कम्पनीको शेयरभाउ १० प्रतिशतले बढेको छ। गुराँस लघुवित्तको शेयरभाउ पनि ९.९२ प्रतिशतले बढेको छ।

आज सपोर्ट लघुवित्तको शेयरभाउ ७.५५ प्रतिशतले बढ्दा नेपाल फाइनान्सको शेयरभाउमा ५.७६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ५.५३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ४.४४ प्रतिशत, मल्टीपर्पस फाइनान्सको ४.१५ प्रतिशत, बोटलर्स नेपाल (बालाजु)को ४.०४ प्रतिशत, एलबीबीएल डिबेन्चरको ४.०३ प्रतिशत र जानकी फाइनान्सको ३.३२ प्रतिशतले बढेको छ।

यो दिन माई खोला हाइड्रोपावरका शेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको शेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS