IME Life New

आज बुद्ध पूर्णिमा, गर्नुस् यी ३ काम, घरमा हुनेछ लक्ष्मीको बास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बुद्ध जयन्ती अर्थात् बुद्ध पूर्णिमा मनाइँदैछ। यसपालि बुद्ध पूर्णिमामा थुप्रै दुर्लभ र शुभ योग बन्न गइरहेका छन्। यो वर्ष बुद्ध पूर्णिमामा सर्वार्थ सिद्धि योग, शिव योग, शुक्रादित्य योग र गजलक्ष्मी योग बन्न गइरहेका छन्। बुद्ध पूर्णिमामा बन्ने यी योग सबैले सुखद् संकेत दिनेछन्।

ज्योतिष गणनाका अनुसार यसपालि बुद्ध पूर्णिमामा माता लक्ष्मीको विधिवत पूजा र केही खास उपायले आउँदो वर्ष बुद्ध पूर्णिमासम्म धन लाभ प्राप्ति हुन सक्छ।

Esewa
Crest

यस्ता छन् ३ उपाय

पहिलो उपायः आज बुद्ध पूर्णिमाको रात दूधमा चिनी र चामल मिलाएर चन्द्र देवलाई अर्घ्य दिने। यस क्रममा ‘ॐ श्रां श्रां सः चन्द्रमसे नमः’को मन्त्र जप्ने ।

दोस्रो उपायः आज बुद्धि पूर्णिमाको दिन ११ कौडमा बेसार लगाएर माता लक्ष्मीको चरणमा अर्पित गर्ने। भोलि बिहान ती कौडालाई रातो कपडाले बाँधेर पैसा राख्ने लकरमा राख्ने । यदि तपाइँ व्यापारी हुनुहुन्छ भने ती कौडालाई आफ्नो पसलको पैसा राख्ने ठाउँमा राख्न सक्नुहुन्छ। माता लक्ष्मीको आशिर्वादले कहिल्यै धनको क्षति हुने छैन।

तेस्रो उपायः तुलसीमा माता लक्ष्मीको बास हुन्छ । आज बुद्ध पूर्णिमाको दिन बिहान नुहाएर तुलसीको बोटमा पानी चढाउने र रातको समयमा एउटा दीप प्रज्ज्वलन गरेर माता लक्ष्मीको मन्त्रहरु जप गर्ने।

यी ३ दिव्य उपाय गर्नेहरुको घरमा कहिल्यै आर्थिक संकट आउने छैन। यी उपाय अपनाएर आउँदो वर्ष बुद्ध पूर्णिमाको दिनसम्म घरमा लक्ष्मीको बास हुनेछ। धनधान्य प्राप्ति हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS