IME Life New

आज दुई कम्पनीको साधारण सभा हुँदै, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज दुई कम्पनीको साधारण सभा हुँदैछ । आज भगवती हाइड्रोपावर र बिजनेश ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजले आज साधार(ण सभा गदैछन् ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज पुस २४ गते, मंगलबार २३औं वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा अर्पण ब्यान्केट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौँमा बिहान १० बजे शुरु हुने जनाएको छ।

Esewa
Crest

सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले कम्पनीको सञ्चालकसमितिमा संस्थापक शेयरधनीहरुबाट ७ जना र साधारण शेयरधनीहरुबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ५ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । जसअनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, बिजनेश ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले पनि आफ्नो तेस्रो वार्षिक साधारण सभा आज पुस २४ गते गर्ने भएको छ । उक्त सभा यति इभेन्ट्स बसुन्धरामा आयेजना गर्ने भएको हो । उक्त सभा दिउँसो १ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीको सभामा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साधारण प्रस्तावमा आर्थिक वर्ष २०७९/०८० को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७९/०८० को लेखा परिक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्नेछ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्ने जनाएको छ । साथै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS