IME Life New

आज अन्तिम दिन बलेफी हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज अन्तिम दिन बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा झन्डै १५ गुणा बढीको आबेदन परेको छ। चैत १६ गतेदेखि निष्काशन भएको बलेफी हाइड्रोको आइपीओमा आज अन्तिम दिनमा झन्डै १५ गुणा बढीले आबेदन परेको हो।

बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज सोमबार ५ बजेसम्म बलेफी हाइड्रोको आइपीओमा २० लाख ५ हजार ७४९ आवेदकबाट २ करोड ४५ लाख ६९ हजार ७७० कित्ताको लागि आबेदन परेको छ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १ सय रुपैयाँ अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ विक्री खुला गरेको हो । सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यी बाहेक बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्रीमा आएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयनमा बाँडफाँड गरि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ विक्री खुला गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १८ लाख २७ हजार ९७० कित्ता शेयर माघ २७ गतेदेखि फागुन २६ गतेसम्म विक्री खुला गरी चैत ६ गते बाँडफाँड गरेको हो ।

स्थानीयनको कुल कित्ता शेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं ७ का बासिन्दाहरुका लागि बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

आईपीओलाई इक्रा नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षामतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको संस्थापकहरुबाट चुक्ता भएकोपूँजी ८० प्रतिशत पूँजी रू। १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS