IME Life New

आज अन्तिम दिन कुथेली बुखरीको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा आज अन्तिम दिन ११ लाख बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अन्तिम दिन अर्थात असार ३० गतेसम्म ११ लाख ८ हजार २३२ जना आवेदकले १ अर्ब १८ करोड ९० लाख ६ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ९० हजार ६० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले असार २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।

Crest

सोको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको छ । २ प्रतिशत अर्थात २ हजार ४३७ कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको र सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १ लाख १ जार १५१ कित्ता शेयरका लागि आवेदन दिने व्यवस्था थियो ।

आइपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS