IME Life New

आजसम्म शेयर किन्नेले सर्वोत्तम सिमेन्टको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज चैत २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत २९ गते ईदको सार्वजनिक विदा परेकोले आज चैत २८ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले बैशाख १२ गते बुधबार रुपन्देहीमा साधारणसभा गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले कुल ६९ करोड ७५ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Esewa
Crest

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रहेको छ ।

सभाले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीमा कायम शेयरधनीहरुलाई आ।व। २०७९/८० सम्मको मुनाफावाट चुक्ता पुँजी चार अर्व पैसठ्ठी करोडको १५ प्रतिशत (लाभांश कर सहित) ले हुन आउने ६९ करोड ७५ लाख रुपौयाँ मात्र नगद लाभांश पारित गर्नेछ ।

सभाले संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु ५, सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ जना र १ जना स्वतन्त्र सञ्चालक नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS