IME Life New

आजसम्म शेयर किन्नेले नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि आइतबार अर्थात जेठ ६ गते बुकक्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागी हुन सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्तापुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७५० रुपैयाँको कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ४.७५ प्रतिशतले हुन आउने ६० करोड ८६ लाख ४३ हजार ३२ रुपैयाँबराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

Esewa
Crest

कम्पनीले आफ्नो नवौँ वार्षिक साधारणसभा जेठ १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेटमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, आ.व. २०७९।८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूची छलफल गरी पारित गर्नेछ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०।८१ का लागि बाह्य लेखापरीक्षकमा टीआर उपाध्याय एन्ड कम्पनी, चार्टर्ड अकाउन्टेन्ट्स, काठमाडौंलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । सभाले समिति तथा उपसमितिको बैठक भत्ता अनुमोदन गर्नेछ।

नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एकजना सञ्चालकको सभाले निर्वाचन गर्नेछ। कम्पनी ऐन, २०६३ को दफा १०५ को (१) (ग) अनुसार सञ्चालक समितिको निर्णयबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका खर्चलाई पनि सभाले अनुमोदन गर्नेछ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोहीबमोजिम आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी सभाले प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS