IME Life New

आजबाट अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्दै सिंगटी हाइड्रो इनर्जी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको अवितरित हकप्रद शेयरमा आज चैत १२ गतेबाट बोलपत्र पेश गर्न सकिने भएको छ । कम्पनीले आज चैत १२ गतेबाट हकप्रद शेयर लिलाम बढाबढ मार्फत विक्री विक्री गर्न लागेको हो । चैत २० गतेभित्र निबेदन आइपुग्ने गरि आबेदन दिनलाई ईच्छुक सर्वसाधारणलाई कम्पनीले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।

कम्पनिले यस अघि हकप्रद बिक्रि खुला गरेको हकप्रद शेयरमा माग बमोजिम आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता साधारण शेयर जो कोहिले आबेदन दिन पाउने गरि लिलामी मार्फत बिक्रि खुला गरेको हो। इच्छुकले यहि चैत १२ देखि चैत २० गते भित्र आबेदन दिन सक्नेछन् ।

Crest

ईच्छुकले मुक्तिनाथ क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय, सिन्धु विकास बैंकका तोकिएका शाखा कार्यलयबाट आबेदन फारम लिएर चैत २० गते कार्यालय समयभित्र निबेदन दिन सक्नेछन।

बिक्रीका लागि लिलाम बढाबढमा राखिएका ४६ लाख ११ हजार ५३९ कित्ता साधारण शेयरमध्ये २६ लाख ८५ हजार ९५० कित्ताको लक् इन अवधि २०८० चैत २६ गतेसम्म रहेको समेत कम्पनीले जानकारी गराएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS