IME Life New

आजबाट अरुण भ्याली हाइड्रोपावरले बोलकबोल मार्फत हकप्रद शेयर विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले वैशाख १० गते अर्थात आजदेखि बोलकबोल मार्फत हकप्रद शेयर विक्री गर्दैछ । कम्पनीले यस अघि हकप्रद शेय विक्री खुला गरी आवेदन माग गरिएकोमा सर्वसाधारण तर्फ १९ लाख ९२ हजार १३४ कित्ता शेयरमा आवेदन नपरेकोले कम्पनीले उक्त बाँकी रहेको शेयर बोलकबोल मार्फत विक्रीमा ल्याएको हो ।

यस शेयरमा जो–कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन पाउनेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । उक्त शेयरमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

Esewa
Crest

सो शेयरमा आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तीनाथ विकास बैंकका तोकिएका शाखा ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुङ्गा, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट पोलपत्र पेश गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS