IME Life New

आजदेखि घलेम्दी हाइड्रोले ३२.१७ लाख कित्ता शेयर लिलामीमा बिक्री गर्दै, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घलेम्दी हाइड्रोले आज माघ ९ गतेबाट ३२ लाख १७ हजार बढी कित्ता शेयर लिलामीमा विक्री गर्दैछ । कम्पनीकाले ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । कम्पनीले हालै १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री हुन बाँकी रहेको सर्वसाधारण समूहको शेयर बिक्री गर्न लागेको हो ।

बिक्री गर्ने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

Esewa
Crest

यो शेयरमा जोकोही व्यक्ति तथा संघ वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा कुनै हद नलाग्ने धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ।

लिलामीमा राखिने शेयरमा माघ २३ गतेसम्म बोलपत्र पेस गर्न सकिने समय तोकिएको छ। बोलपत्र मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा (चिप्लेढुंगा), बागलुङ, बेनी, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर तथा काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS