IME Life New

आजदेखि इमर्जिङ्ग नेपालको शेयर कारोबार खुल्दै, कतिमा होला पहिलो कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ५५ लाख ५६ हजार कित्ता आईपीओ सूचीकृत भएको हो ।

अब कम्पनीको शेयर आज आइतवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०५ रुपैयाँ ११ पैसादेखि ३१५ रुपैयाँ ३३ पैसा ओपन रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५ लाख ५५ हजार ६०० कित्ता र कम्पनीका संस्थापकहरुले लागनी गरेको ५० लाख ४०० कित्ता शेयर गरी ५५ लाख ५६ हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सिम्बोल ईएनएल रहेको छ । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै आज आइतवारदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS