IME Life New

आइपीओ बजारमा अमेरिकालाई पछि पार्दै भारत बन्यो ग्लोबल लिडर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आइपीओ बजारमा भारतको वर्चस्व कायम भएको छ। अमेरिकालाई पछि पार्दै आइपीओ बजारमा ग्लोबल लिडर बनेको छ।

वर्ष २०२४ को तेस्रो त्रैमासमा कुल सूचीकृत आईपीओको ३६ प्रतिशत ग्लोबल बजारका साथ भारतले आइपीओ बजारमा प्रभुत्व जमाएको हो। भारतले अमेरिकालाई १३ प्रतिशतभन्दा बढी आइपीओ निष्कासन गरेर ग्लोबल बजारमा अग्रस्थानमा उक्लिएको हो।

Crest

ईवाई इन्डियाको रिपोर्ट अनुसार शेयर बजारको उत्कृष्ट प्रदर्शन यस वर्षको आइपीओ रिटर्नबाट अझ स्पष्ट देखिएछ। जुन बीएसई सेन्सेक्सको १४.९ प्रतिशत रिटर्नभन्दा धेरै हो।

वर्ष २०२४ को तेस्रो त्रैमासमा भारतीय बजारमा २७ वटा आइपीओ आएका थिए। जब कि अघिल्लो त्रैमासमा १३ वटा आइपीओ आएका थिए। तेस्रो त्रैमासमा भारतमा आइपीओबाट उठाइएको रकम ४.२९ अर्ब डलर थियो। जब कि दोस्रो त्रैमासमा यो रकम १.९९ अर्ब डलर थियो। यसले डिलहरुको संख्यामा १०८ प्रतिशत वृद्धि भएको राजस्वमा ११५ प्रतिशत वृद्धिलाई प्रतिनिधित्व गर्दछ।

पछिल्लो २ दशकमा भारतीय स्टक एक्सचेन्जहरुमा सबैभन्दा बढी आइपीओ सूचीकृत भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS