IME Life New

आइपीओ जारी गर्ने प्रस्ताव सहित सानिमा मिडिल तमोरले आब्हान गर्यो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको छैठौ वार्षिक साधारण सभा पुस १४ गते हुने भएको छ । सभा अकामा होटल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।

Esewa
Crest

सभामा आईपीओ निष्काशन गर्ने तथा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, आईपीओबाट प्राप्त हुने कुल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीति निर्धारण गर्ने, स्वतन्त्र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS