IME Life New

आइपीओ अनुमति लामो समयसम्म रोकिँदा लगानीको अधिकार कुण्ठित हुन्छः नवराज अधिकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामो समयदेखि साधारण शेयरको सार्वजनिक निष्कासन (आइपीओ) अनुमति रोकिएको छ। जथाभावी रुपमा आइपीओ र हकप्रद शेयरको अनुमति दिएर घटेको बजार झनै धरासायी बनाएको भन्दै लगानीकर्ताले तीव्र विरोध गर्न थालेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत कात्तिकदेखि साधारण शेयर निष्कासनको अनुमति रोकेको छ।

यद्यपि रमेश हमाल धितोपत्र बोर्डको अध्यक्षबाट बिदा हुनुअघि धितोपत्र बोर्डबाट दुईवटा कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउने अनुमति पाएका थिए। धितोपत्र बोर्डको पाइपलाइनमा अझै २९ वटा कम्पनीको आइपीओ अनुमति पर्खाइमा छन्।

Esewa
Crest

हाल धितोपत्र बोर्डको निमित्त प्रमुखको जिम्मेवारी डा. नवराज अधिकारीले सम्हालेका छन्। उनलाई दैनिक कार्य सञ्चालनको मात्रै अधिकार दिइएको छ। उनले साधारण शेयरको निष्कासन अनुमति दिन पाउँदैनन्।

धितोपत्र बोर्डमा नयाँ अध्यक्षको नियुक्ति प्रक्रियामा केही महिना लाग्न सक्ने देखिन्छ। यो अवस्थामा आइपीओको अनुमति प्रक्रिया पनि अझै केही समय रोकिने सम्भावना छ।

निमित्त प्रमुख अधिकारी भने आइपीओ र हकप्रद शेयर निष्कासनको अनुमति रोक्न नहुने पक्षमा छन्। साधारण शेयर निष्कासनको अनुमति दिनुपर्ने भन्दै उनले अर्थ मन्त्रालयसँग समन्वय गरिरहेका छन्।

लामो समयदेखि साधारण शेयरको अनुमति रोकिँदै आमलगानीकर्ताको लगानी गर्ने अधिकार कुण्ठित भएको अधिकारीको भनाइ छ। ‘लगानी गर्ने अवसर गुमेको छ’, धितोपत्र बोर्डका कार्यकारी निर्देशक अधिकारीले इन्स्योरेन्स खबरसँग भने, ‘साधारण शेयर निष्कासन नहुँदा बजार पनि चलयमान हुँदैन।’

अर्कोतर्फ सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बेला धितोपत्र बजारमा आइपीओ अनुमति रोकिनुले राम्रो सन्देश नजाने अधिकारीको तर्क छ। ‘धितोपत्र बजार अर्थतन्त्रको मरुदण्ड हो, यही बजारबाट विभिन्न क्षेत्रका कम्पनी, उद्योग र परियोजनाका लागि लगानी जुट्दै आएको छ’, उनले भने, ‘त्यसैले लगानी जुट्ने बाटो बन्द हुँदा लगानी सम्मेलनमा आउने विदेशीहरु लगानीकर्तामाझ पनि राम्रो सन्देश जाँदैन।’

पुँजीबजारलाई चलायमान बनाउन सकेमात्र अर्थतन्त्रमा सुधार हुने निमित्त प्रमुख अधिकारी बताउँछन्। ‘त्यसैले रोकिएका साधारण शेयर निष्कासनको अनुमति खुलाउनुपर्छ भन्ने पक्षमा म छु’, उनले भने, ‘त्यसका लागि मैले मन्त्रालयमा समन्वय गरिरहेको छु।’

सरकार पनि यस विषयमा सकारात्मक रहेको छिट्टै आइपीओ, हकप्रदलगायतका साधारण शेयरको निष्कासन अनुमति धितोपत्र बोर्ड दिन सुरु गर्ने अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS