IME Life New

आइपीओमा १० कित्ते नीतिको पुनरावलोकन गर्दै धितोपत्र बोर्ड, बनायो अध्ययन समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर (आइपीओ)मा १० कित्ते नीतिको पुनरावलोकन गर्ने भएको छ।

आइपीओमा १० कित्ते नीतिका विषयमा शेयर बजारमा लामो समयदेखि बहस चल्दै आएको छ। कतिपयले यसले राम्रो भनेको छ। कतिपयले यो नीति उचित नभएको तर्क पनि गर्दै आएका छन्।

Esewa
Crest

बजारमा चर्को बहस हुन थालेपछि धितोपत्र बोर्डले यो १० कित्ते नीतिको पुरावलोकन गर्ने विषयमा अध्ययन गर्न प्रवीणकुमार झाको संयोजकत्वमा समिति बनाएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए। ‘आइपीओमा १० कित्ते उचित छ वा छैन भन्ने विषयमा समितिले अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ’, उनले भने, ‘सोही प्रतिवेदनमा दिइएको सुझावका आधारमा १० कित्ते नीतिको पुरावलोकन गर्ने विषयमा धितोपत्र बोर्डले निर्णय लिनेछ।’

समितिका सदस्यहरुमा भोलानाथ ढुंगाना, मुक्तिनाथ श्रेष्ठ र अम्बिकाप्रसाद गिरी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS