IME Life New

आइएमई फाउन्डेसनद्वारा तराईका बाढी प्रभावितहरूलाई राहत वितरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

आइएमई फाउन्डेसनले तराईका बाढी प्रभावितहरुलाई राहत वितरण गरेको छ । फाउन्डेसनले असारको अन्तिम साता आएको अविरल वर्षाका कारण प्रभावित सिराहाको नाराह गाउँपालिकाका विभिन्न वडामा राहत सामाग्री वितरण गरेको हो ।

फाउन्डेसनले दैनिक उपभोगका लागि आवश्यक पर्ने सामाग्री सहितको एक/एक प्याकेट बाढी प्रभावित उक्त क्षेत्रका कूल एक सय घरमा वितरण गरेको थियो ।

Crest

स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको रोहबरमा गरिएको राहत सामाग्री वितरण कार्यक्रममा आइएमई ग्रुपमा कार्यरत स्थानीय प्रतिनिधिहरू एवम् व्यवसायीक साझेदारहरू समेतको उपस्थिति रहेको थियो ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो ।

शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान दिँदै आएको यस फाउन्डेसनले प्राकृतिक विपत्तीबाट प्रभावितहरूको पुर्नस्थापनामा विशेष योगदान पुर्याउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS