IME Life New

आइएमई जनरल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच पशुपन्छी तथा कृषि बिमाको लागि भयो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमई जनरल इन्स्योरेन्स  र धादिङको नीलकण्ठ नगारपालिकाबीच त्यहाँका सबै कृषकहरुको पशु, पन्छी तथा कृषि बिमा गर्ने सम्झौता भएको छ । साथै, व्यक्तिगत दुर्घटना बिमा गराउने सम्झौता पनि गरिएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र नीलकण्ठ नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात नीलकण्ठ नगरापालिकामा रहेका सम्पूर्ण कृषकहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्नसक्ने छन् ।

सोही अवसरमा नगरपालिकाका मेयर भिमप्रसाद ढूंगानाले सोही स्थानका सम्पूर्ण कृषकहरुको पशु, पन्छी, बालीनालीको बीमा पश्चात कुनै कृषकको पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्ससंग संझौता गरेको बताएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS