IME Life New

आइएमई ग्रुपका सबै कम्पनी नेपाल रिबाट बाहिरिँदै, करिब ३६ लाख कित्ता शेयर बिक्री गरिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्यारेन्सको करिब ३६ लाख कित्ता शेयर बिक्रीमा राखिने भएको छ।

कम्पनीको विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको ३५ लाख ८७ हजार ४३४ कित्ता शेयर बिक्रीमा राखिने भएको हो। जसमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाममा रहेको २० लाख कित्ता, आइएमई लिमिटेडको नाममा रहेको ७ लाख ५० हजार कित्ता, हाथवे इन्भेस्टमेन्टको नाममा रहेको ६ लाख ५० हजार कित्ता र ग्लोबल आइएमई क्यापिटलको नाममा रहेको १ लाख ८७ हजार ४३४ कित्ता शेयर रहेको छ। नेपाल रिइन्स्योरेन्सको शेयर बेचेर आइएमई ग्रुप बाहिरिन खोजेको हो।

Esewa
Crest

यी शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यी शेयरमा फागुन ८ गतेदेखि चैत १२ गतेसम्म खरिद आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ। यसको संस्थापक शेयरधनीले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

10%
sad

दु :खी

10%
amazed

अचम्मित

40%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS